मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ५ सोमबार
  • Monday, 18 January, 2021
ad
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर ७ आइतबार १४:३१:००
प्रवास डिजिटल संस्करण

गैरआवासीय नेपालीमा संक्रमणमुक्त हुने दर ९१ प्रतिशत

नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर ७ आइतबार १४:३१:००

कोरोना संक्रमित भएका ९१ प्रतिशत गैरआवासीय नेपाली संक्रमणमुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार पाँच सय ७८ नेपाली संक्रमित भएकोमा हालसम्म ४२ हजार आठ सय तीनजना संक्रमणमुक्त भएका हुन् ।

कोरोना संक्रमण सुरु भएयता १९ देशमा रहेका दुई सय ९३ जना नेपालीको कोरोना संक्रमणबाट निधन भएको छ ।

समितिका अनुसार कोरोनाका सबैभन्दा बढी साउदी अबरमा ८४,  युकेमा ६९ र भारतमा ४० जना नेपालीको निधन भएको छ ।

भारतमा निधन भएका ४० जनामध्ये १० जना महिला भएको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ साइन्समा कार्यरत डा. सागर पौडेलले जानकारी दिए ।   

समितिले दिएको जानकारीअनुसार यो साता स्पेन, युके, युएई, कतार, साउदी अरब, जापान र नर्वेमा रहेका नेपालीमा संक्रमण देखिएको छ ।