१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ मङ्सिर ७ आइतबार १०:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीमा करेन्ट लागेर हात्तीको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ७ आइतबार १०:५०:००

सप्तरीको कञ्चनरूप नगरपालिका– ५ स्थित पडेमारामा आइतबार राति करेन्ट लागेर एक हात्ती मरेको छ ।

समूहमा रहेको हात्तीले ३३ हजार केभीको विद्युतको तार छोएका कारण करेन्ट लागेर मरेको कोसी टाप्पु वन्यजन्तु आरक्ष कार्यालय कुसहा, सुनसरीका  प्रमुख चन्द्रशेखर चौधरीले जानकारी दिए । 

कोसी टाप्पु वन्यजन्तु आरक्ष कार्यालय कुसहाका प्रतिनिधि, जिल्ला वन कार्यालय, नेपाली सेनाको कुसहा गणका सेना र प्रहरीको टोली घटनास्थलमा पुगेको पूर्वप्रिपा, धरमपुर घोघनपुर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बच्चुलाल चौधरीले बताए ।  

विद्युत् प्राधिकरण कञ्चनपुरका प्रमुख रोशन सिंहका अनुसार हात्तीले ३३ हजार केभी प्रसारण लाइनको पोलमा समेत क्षति गरेको छ । राति करिब २ बजेदेखि नै कञ्चनरूप, सप्तकोसी, बेल्टारलगायतका क्षेत्रमा बत्ती छैन । 

प्रमुख सिंहका अनुसार तत्काल पोल झुकेको र तारसमेत चुँडिएको कारण विद्युत् अवरुद्ध भएको छ । आज साँझसम्म भारदहबाट विद्युत् जोडिए पनि राति विद्युत् अवरुद्ध हुन सक्ने छ । 

हात्ती मरेको खबर फैलिएपछि सयौँको संख्यामा हात्ती हेर्नेको भिड लागेको छ । कञ्चनपुर–फत्तेपुर सडकसमेत जाम हुने गरी गाउँगाउँबाट मान्छे मरेको हात्ती हेर्न र हात्तीसँगै सेल्फी खिच्न थालेको छ ।