Skip This
चिनियाँ राजदूत र राष्ट्रपतिले नेकपाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको होइन : नारायणकाजी श्रेष्ठ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर ३ बुधबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर ३ बुधबार १५:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिनियाँ राजदूत र राष्ट्रपतिले नेकपाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको होइन : नारायणकाजी श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर ३ बुधबार १५:oo:oo

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको आन्तरिक राजनीतिमा चिनियाँ राजदूतले भूमिका खेलेको विषय अस्वीकार गरेका छन् । 

नेकपाको बुधबार बसेको सचिवालय बैठकबारे जानकारी दिन पत्रकारसामु उपस्थित भएका प्रवक्ता श्रेष्ठलाई चिनियाँ राजदूत हाउ यान्छीले मंगलबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको सम्बन्धमा सोधिएको प्रश्नमा उनले यस्तो बताएका हुन् । 

साथै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको आन्तरिक मामिलामा भूमिका खेलेको भन्ने विषयमा राष्ट्राध्यक्षलाई यस्ता विषयमा तान्न नहुने बताएका छन् । 

‘यो हस्तक्षेप होइन, हामी विदेशी हस्तक्षेप स्वीकार गर्दैनौँ, स्वीकार नगरेपछि हस्तक्षेप होइन,’ उनले भने, ‘राष्ट्राध्यक्ष र कूटनीतिज्ञलाई यस्ता विषयमा तान्नु औचित्य हुँदैन ।’