१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

ब्राजिलमा ‘कोरोनाभ्याक’ परीक्षणमा रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:१३:oo

चीनले सीमित रूपमा प्रयोगमा ल्याइसकेको कोभिडविरुद्धको भ्याक्सिन ‘सिनोभ्याक’ परीक्षणमा ब्राजिलले रोक लगाएको छ । परीक्षणको अन्तिम चरणमा रहेको यो भ्याक्सिनले गम्भीर समस्या निम्त्याएको भन्दै रोक लगाएको हो ।

सिनोभ्याक भ्याक्सिन चीनको एक निजी कम्पनी सिनोभ्याक वायोटिच नामक कम्पनीले उत्पादन गरेको हो । निष्क्रिय तथा रसायनको प्रयोग गरेर निष्क्रिय पारेको कोरोना भाइरसबाट बनाइएको यो भ्याक्सिन ब्राजिलमा तेस्रो चरणको परीक्षणको क्रममा थियो ।

गत जुलाईमा चीन सरकारले आपत्कालीन अवस्थाका लागि प्रयोगमा ल्याउन सिनोभ्याकलाई मान्यता दिएको थियो । अक्टोबरमा पूर्वी चीनमा रहेको ज्याक्सिंग नामक प्रदेशका अधिकारीहरूले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कोभिडविरुद्ध फ्रन्टलाइनमा रहेर काम गरिरहेका व्यक्तिहरूलाई सिनोभ्याक खोप लगाएको रोयटर्सले उल्लेख गरेको थियो । 

ad
ad