१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o९:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

हास्य शृंखला ‘सक्किगो नि’ हिमालय टिभीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:३o:oo

हास्य शृंखला ‘सक्किगो नि’ अब हिमालय टिभीबाट प्रसारण हुने भएको छ । २५ मंसिरबाट उक्त शृंखला हिमालय टिभीले प्रसारण गर्न लागेको हो ।  कोरोना महामारीका कारण रोकिएको शृंखला हिमालय टिभीबाट प्रसारण सुरु हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए ।

उनले भने, ‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टिभीले गरेको लगानी र प्राथमिकताबाट प्रभावित भएर कार्यक्रमलाई अझै उचाइमा पुर्‍याउन हामीले हिमालय टिभीसँग सहकार्य थालेका छौँ ।’

‘सक्किगो नि’ आगामी २५ मंसिरदेखि हरेक बिहीबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने उनले बताए । सहरदेखि गाउँसम्म राति ८ बजे टिभी हेर्ने मुख्य समय भएकाले यही समयमा लोकप्रिय हास्य शृंखला प्रसारण गर्न लागिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए । 

‘सक्किगो नि’ टिमले आफ्नो सिर्जनशीलतालाई प्रमाणित गरिसकेको कँडेलले बताए । लोकप्रिय कलाकारहरूको टिमसँग काम गर्न पाउँदा खुसी लागेको कँडेलको भनाइ छ । हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने ‘सक्किगो नि’ शृंखलालाई जेपिटी क्रिएसनले निर्माण गर्नेछ । यसको बजारीकरणका लागि एड प्याड प्रालिलाई अनुबन्ध गरिएको कम्पनीले जनाएको छ । 

ad
ad