मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २५ मंगलबार ०८:५२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लायन्स क्लबले निःशुल्क मधुमेह जाँच तथा परामर्श दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २५ मंगलबार ०८:५२:००

विश्व मधुमेह दिवस १४ नोभेम्बरको अवसर पारेर लायन्स क्लब अफ काठमाडौं समर्पणले निःशुल्क मधुमेह क्याम्प सुरु गरेको छ । क्लबले मंसिर ५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म के–ल्याब टंगालमा सञ्चालन गरिरहेको हो ।  

सम्पूर्ण सुरक्षा मापदण्ड अपनाई निःशुल्क मधुमेह जाँच एवं मधुमेह मात्रा उच्च रहेका व्यक्तिको निःशुल्क एचविएवानसी जाँच सेवा, मधुमेह थाइराइड र हर्मोन रोग विशेषज्ञ डा. दीना श्रेष्ठबाट निःशुल्क परामर्श सेवा प्रदान गरिने क्लबले जनाएको छ ।

नेपालसहित विश्वभर ९ प्रतिशत मानिस मधुमेहबाट प्रभावित छन् । लगभग ५० प्रतिशत मानिसलाई मधुमेह रोग भएको थाहा पनि नहुने देखिएकाले यो सेवा दिन लागिएको जनाइएको छ ।