मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ कार्तिक २४ सोमबार १५:२५:००
Read Time : < 1 मिनेट
सप्तरंग

बलिउड अभिनेता अर्जुन रामपालको घरमा नार्कोटिक्स ब्युरोको छापा, लागुऔषधसहित ड्राइभर पक्राउ 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ कार्तिक २४ सोमबार १५:२५:००

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्युपछि नार्काेटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले थालेको लागुऔषध कारोबार र प्रयोगकर्तामाथिको छानबिन अर्का अभिनेता अर्जुन रामपालको घरसम्म पुगेको छ । एनसिबीले सोमबार रामपालको घरमा छापा मारेको हो । रामपालको ड्राइभरबाट एनसिबीका प्रतिनिधिले लागुऔषध बरामद गरेको जनाएको छ ।

यसअघि पनि बलिउडमा लागुऔषध कारोबार र प्रयोगकर्तासम्बन्धी विषय आउँदा अर्जुन रामपालको नाम आउने गर्थ्याे । लागुऔषध राखेको र किनबेच गरेको आरोपमा रामपालकी गर्लफ्रेन्ड ग्रैब्रियला डिमेट्रिएड्सका भाइ अगिसियालोसलाई नियन्त्रणमा लिएको छ । यसबाहेक एनसिबीले धर्मा प्रोडक्सनका पूर्वकार्यकारी निर्देशक क्षितिज प्रसादलाई पनि नियन्त्रणमा लिएको छ । 

एनसिबीले आइतबार फिल्म निर्माता फिरोज नाडियावालाको मुम्बई जुहुस्थित घरबाट गाँजा बरामद गरेको थियो । त्यसपछि नाडियावालाकी पत्नीलाई नियन्त्रणमा लिएको थियो ।