१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक २४ सोमबार १०:३३:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कर्मचारीमा कोरोना देखिएपछि मर्स्याङ्दी  गाउँपालिका बन्द        

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २४ सोमबार १०:३३:००

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा ६ दिनका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारी र पालिकामा समुदायस्तरमै कोरोना संक्रमण देखिएकाले कोरोना रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।  

आइतबारदेखि शुक्रबारसम्म ६ दिनका लागि गाउँपालिकाको कार्यालय, वडा कार्यालय, सम्पूर्ण शाखा स्वास्थ्य सेवाबाहेकका र पालिकामातहतका कार्यालयका अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।

लमजुङमा सोमबारसम्म कुल संक्रमितको संख्या  पाँच सय ८३ पुगेको छ जसमा पाँच २२ जना निको भएर घर फर्किएका छन् भने ६१ जना आइसोलेसनमा रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।