मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १६ आइतबार १६:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोनाबाट निधन हुनेकाे यकिन संख्या पत्ता लगाउन समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १६ आइतबार १६:५४:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट निधन भएकाको यकिन संख्या पत्ता लगाउन तीन सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेकाे तथ्यांकमा आइतबारसम्म काेराेना संक्रमणबाट नाै सय ६० जनाकाे निधन भएकाे छ । 

मन्त्रालयले आइतबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणबाट निधन हुनेको संख्या फरक–फरक आएकाले सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको जानकारी दिए ।

उनले निधन हुनेकाे संख्या कहाँ फरक–फरक आयाे भन्नेबारेमा भने खुलाएनन् । 

समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख र सिसिएमसीका एक चिकित्सक रहेका छन् ।

२ कात्तिकमै गठन भएकाे समितिले काम थालेको र सत्यतथ्य पत्ता लगाएपछि सार्वजनिक गरिने गौतमले बताए ।

त्यसैगरी मन्त्रालयले सरकारी अस्पताललाई धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको गौतमले जानकारी दिए । मन्त्रालयले कोरोना बिरामीको उपचारमा शुल्क लाग्ने निर्णय गरेलगत्तै अस्पतालहरूले शुल्क विवरणसहित धरौटीका लागि सूचना प्रकाशित गरेका थिए ।

गौतमले धरौटीसम्बन्धी सूचना निकाल्ने सबै अस्पताललाई मन्त्रालयले स्पष्टीकरण सोधेको बताए । उनले भने, ‘सक्नेसँग शुल्क लिने र नसक्नेको निःशुल्क उपचार गराउने पूर्ववर्ती निर्णय यथावत् छ ।’