१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ९ आइतबार १८:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कमल थापा अस्पतालबाट डिस्चार्ज 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ९ आइतबार १८:००:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । 

कोरोना संक्रमण पुष्टि भएपछि उनी असोज ३० मा चाबहिलस्थित ओम अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार भएपछि अस्पतालले उनलाई आज डिस्चार्ज दिएको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । 

उनलाई टाउको दुख्ने, ज्वरो आउने तथा श्वास–प्रश्वासमा केही असहज महसुस भएपछि सो अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।