१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o५:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनआइबिएल एस क्यापिटलको २२.२२ प्रतिशत नगद लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o५:२१:oo

एनआइबिएल एस क्यापिटल लिमिटेडले आर्थिक वर्ष ०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २२.२२ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको साधारणसभाले नगद लाभांशको प्रस्ताव पारित गरेको हो । 

काठमाडौंमा सम्पन्न भएको आठौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष ०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन तथा वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको जनाइएको छ ।

कम्पनीको एक मात्र सेयरधनी नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका वरुण श्रेष्ठले बैंकको तर्फबाट प्रतिनिधित्व गरेका थिए । सञ्चालक समिति अध्यक्ष सचिन टिवडेवालको अध्यक्षतामा भएको सभामा सञ्चालक दीपककुमार श्रेष्ठ, वन्दना थापा र रवीन्द्र भट्टराईको समेत उपस्थिति रहेको जनाइएको छ । 

ad
ad