१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ कार्तिक ४ मंगलबार १८:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बरामद गरेको २३ किलो सुन प्रहरीले राजस्व कार्यालयमा बुझायो

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ४ मंगलबार १८:३५:००

पर्सा प्रहरीले बरामद गरेको २३ किलो सुन थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । प्रहरीका अनुसार बरामद भएको सुन थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन राजस्वमा बुझाइएको हो । पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले सुनसँगै बरामद भएको कागजपत्र पनि राजस्व कार्यालयमा बुझाएको जानकारी दिए । 

प्रहरीले अनुसन्धानबाट हालसम्म भारतीय नागरिक अशोक सिन्हा बस्दै आएको फ्ल्याट उनकी छोरीको नाममा रहेको पत्ता लगाएको छ । प्रहरीका अनुसार फ्ल्याट नेपालमा विवाह गरेर बस्दै आएकी उनकी छोरी निवेदिका सिन्हाको नाममा छ । प्रहरीले गत शनिबार वीरगन्ज महानगरपालिका–५ रेसमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद गरेको थियो । 

यो पनि पढ्नुस्
बन्द फ्ल्याटबाट २३ किलो सुन बरामद : नेपालबाट सुन तस्करीमा बिजेपी नेताका भाइ संलग्न ! (भिडियो रिपोर्टसहित)