मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक १ शनिबार १९:१५:००
Read Time : < 1 मिनेट
सप्तरंग

देवेन्द्र केसीका इमानको पहाड र यस्तै भयो यो जुनीमा सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक १ शनिबार १९:१५:००

साहित्यकार देवेन्द्र केसी देवुको मुक्तकसंग्रह इमानको पहाड र गीति एल्बम यस्तै भयो यो जुनीमा सार्वजनिक भएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार एवं पूर्वअर्थमन्त्री शंकर कोइरालाले दुवै कृति सार्वजनिक गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकसमेत रहेका केसीका यसअघि नै तीनवटा कृति प्रकाशन भइसकेका छन् । कार्यक्रममा युवा समालोचक महेश पौड्यालले केसीमा कोमल, नरम र हृदयसंवेद्य शब्दहरूको संयोजन गरेर काव्य रचना गर्ने अदभुत सामर्थ्य रहेको बताए । यस्तै संगीतकार शक्तिबल्लभले निकै सरल शब्द, सहज अभिव्यक्ति र सुन्दर अनि कलात्मक प्रस्तुति केसीका गीतमा रहेको बताए । लोकजीवनका बिम्ब, पौराणिक कथाका पात्रलाई समेत गीतमा उन्न सक्ने केसीको खुबीको शक्तिबल्लभले प्रशंसा गरे । 

समालोचक, कवि घनेन्द्र ओझाले देवेन्द्र केसीका रचनामा प्रकृति र इमानको अत्यन्त धेरै प्रयोग भएको बताए । गीतकार संघका अध्यक्ष चूडामणि देवकोटाले सुन्दर, राष्ट्रप्रेमयुक्त र कलात्मक गीत रचना गर्ने केसीको गीतलेखनमा निरन्तरताको कामना गरे ।