१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ कार्तिक १ शनिबार १६:४१:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

संखुवासभामा पहिलोपटक संक्रमितकाे निधन  

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ कार्तिक १ शनिबार १६:४१:००

संखुवासभा जिल्लामा पहिलोपटक कोरोना संक्रमणबाट एकजनाको निधन भएको छ ।

निधन हुनेमा धर्मदेवी नगरपालिकाका ८१ वर्षीय पुरुष हरेको स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख रमेश बाह्रबोटीले बताए । उनका अनुसार उनको शनिबार दिउँसो निधन भएको हो । 

कन्ट्याक्ट ट्रेसिङमार्फत उनको असोज २८ मा स्वाब संकलन गरी पिसिआर परीक्षणको थियो । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको घरमै निधन भएको हो । उनी दमबाट पीडित थिए । 

धर्मदेवी नगरपालिकाबाट शुक्रबार ३८ जनाको स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । उनीहरूको रिपाेर्ट आउन बाँकी रहेको धर्मदेवी नगरपालिकाका मेयर रमेशकुमार जिमीले जानकारी दिए ।

संखुवासभा जिल्लामा हालसम्म एक सय १५ जनामा संक्रमण देखिएको छ । यीमध्ये ८१ जना निको भएर घर फर्किसकेका छन् । संक्रमितहरूको चैनपुर र खाँदबारीको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।