१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ कार्तिक १ शनिबार ११:४९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बलात्कार कहिलेसम्म, हामी चुप जहिलेसम्म [फोटोफिचर]

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १ शनिबार ११:४९:००

बलात्कारविरुद्ध सिराहामा युवाहरूले प्रदर्शन गरेका छन् । दसैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर युवाहरूले देशमा दैनिकजसाे भइरहेका बलात्कारका घटनाविरुद्ध प्रदर्शन गरेका हुन् । 

कालो टिसर्ट तथा टाउकोमा कालो पट्टी बाँधेर, विभिन्न नारासहितका प्लेकाड बोकेर युवाहरूले सदरमुकामका मुख्य सडकमा प्रदर्शन गरेका थिए ।  

‘गौरवशाली मिथिलावासी हम् सीता पुजैछी, बेटी लुटैछी, चुपचाप बैठैछी’, ‘हामी सुरक्षित रहन चाहन्छौँ, हामी बलात्कृत हुन चाहँदैनौँ, ‘जन्मेपछि मार्नुभन्दा बरु गर्भमै मारिदे’, ‘कति भयो अति भयो, सरकार केही गर अब त छटपटी भयो’, ‘बलात्कारीलाई मृत्युदण्ड देऊ’ जस्ता नारासहित प्रदर्शन भएको छ ।

बलात्कारविरुद्धको अभियानको संयोजन गरेका स्थानीय युवा जितेश कर्णले देशमा दैनिक भइरहेको बलात्कारका घटना र सिराहा जिल्लामा बलात्कारका घटनामा दोषीलाई उन्मुक्ति दिन गरिने पञ्चायतविरुद्धमा प्रदर्शन भएको बताए ।

प्रदर्शनमा उत्रेका युवाहरूले चर्का नारासहित सरकारलाई बलात्कारीविरुद्धमा कडा कदम चाल्न आग्रह गरेका छन् । उनीहरूले बलात्कारविरुद्धको प्रदर्शनका क्रममा हस्ताक्षर संकलनसमेत गरेका छन् ।