१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ३० शुक्रबार १८:३२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सामसङको ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोन नेपाली बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ३० शुक्रबार १८:३२:००

सामसङले ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी जेट फोल्ड २, थर्ड जेनेरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको सामसङले बताएको छ । सामसङले फोल्ड प्रविधि नेपालमा पहिलोपल्ट भित्र्याएको हो । 

अविश्वसनीय इन्जिनियरिङ तथा बोल्ड डिजाइनले सजिएको ग्यालेक्सी जेट फोल्ड २ ले मोबाइल अनुभव पूर्ण रूपमा बदल्ने कम्पनीको दाबी छ । स्मार्टफोन अत्याधुनिक टेक्नोलोजीप्रेमीहरुलाई लक्षित गरी तयार गरिएको बताइएको छ । ठूलो कभर स्क्रिन, ठूलो स्क्रिन, ग्यालेक्सी जेट फोल्ड २ विशेष डिजाइन र कलात्मक नयाँ फिचरले भरिपूर्ण रहेकाले युनिक मोबाइलको अनुभव दिने सामसङको दाबी छ । 

सोलिड डिजाइन तथा एक्सपर्ट क्राफ्टम्यानसिप सजिएको ग्यालेक्सी जेट फोल्ड २, विशेष तथा परिष्कृट डिजाइनले रि–इन्जिनियरिङ गरिएकाले स्मुथ र हाई एन्ड अनुभव दिने सामसङले बताएको छ । 

सामसङ अल्ट्रा–थिन ग्लास मेन स्क्रिनमा राखिएको छ । जसले प्रिमियम तथा  परिष्कृट डिस्प्ले अनुभव दिन्छ । यसकाे डिजाइन हाइडवे हिन्जले बाँधिएको हुन्छ जुन डिभाइस बडीसँग मज्जाले फिट हुन्छ । जुन सिएएम मेकानिज्मभित्र रहेर यसले न्यु फ्लेक्स अनुभव दिन्छ ।  ‘हामी ग्राहकलाई ग्यालेक्सी जेट फोल्ड २ को प्रि–बुकिङ अवधिभर आएको उत्साहजनक प्रतिक्रियाको लागि धन्यवाद दिन चाहन्छौँ । हामीले पहिलोपटक उच्चस्तरीय मेकानिजमयुक्त ग्यालेक्सी जेट फोल्ड २ मोबाइल बजारमा ल्याउन पाउँदा अत्यन्त उत्साहित भएका छौँ । हामी यस मास्टरपिस प्रविधि सामसङका ब्रान्ड स्टोर तथा सेलेक्टेड रिटेल स्टोरमार्फत उपलब्ध गराउन पाउँदा एकदम खुसी छौँ,’ सामसङ नेपालका बिजिनेस हेड प्रणय रत्न स्थापितले भने । 

बोल्ड डिजाइन तथा एड्भान्स इन्जिनियरिङले सजिएको ग्यालेक्सी जेट फोल्ड २ को मूल्य दुई लाख ४९ हजार नाै सय ९९ रुपैयाँ रहेको छ ।