१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाै‌ं
२०७७ असोज ३० शुक्रबार १५:३५:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

रामकुमार रिमालको ‘फ्यान्टा कोकैमा’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌ं
२०७७ असोज ३० शुक्रबार १५:३५:००

गायक तथा संगीतकार रामकुमार रिमालले ‘फ्यान्टा कोकैमा’ बाेलकाे गीत सार्वजनिक गरेका छन् । उनले युवापुस्तालाई मध्यनजर गर्दै याे लोकदोहोरी गीत सार्वजनिक गरेका हुन् । 

लाेकदोहोरी गीतको शब्द लेखन उदेश खतिवडाले गरेका हुन् । रामकुमार रिमालको संगीत रहेको यस गीतमा आर.बी. लामाले संगीत संयोजन गरेका छन् ।

चर्चित गायक राजु परियार तथा गायिका पूर्णकला बिसीको आवाजमा रहेको यो गीत हलेसी डिजिटल रेकर्डिङ स्टुडियोबाट बजारमा ल्याएको हो । गीतको अडियो मिक्स तथा मास्टरिङ महेश्वरमान राजभण्डारीले गरेका हुन् । 

प्रकाश भट्टको निर्देशनमा बनेको यस गीतको भिजुअलमा हृत्तिक घिमिरे तथा आरती भण्डारी प्रमुख भूमिकामा देखिएका छन् ।