१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज २६ सोमबार १६:२५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना मिटर : आज चार हजार ४७ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३३ हजार आठ सय ८० पुग्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज २६ सोमबार १६:२५:००

पछिल्लो २४ घन्टामा देशभर थप चार हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १४ हजार पाँच सय ३० जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख ११ हजार आठ सय दुई पुगेको छ ।

आज १४ सय ७३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ७७ हजार दुई सय ७७  जना  संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित निको हुने दर ६९.१ प्रतिशत रहेको बताए । निको हुने दर केही दिनयता घटेको हो ।

हाल सक्रिय संक्रमितको संख्या ३३ हजार आठ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार नौ सय २३ जना र होम आइसोलेसनमा १९ हजार नौ सय ५७ जना रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी संक्रमितमध्ये दुई सय ७९ जनाको आइसियूमा र ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए ।