मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ असोज २५ आइतबार ११:१२:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

इगाले जितिन् फ्रेन्च ओपन

Read Time : > 2 मिनेट
एजेन्सी
२०७७ असोज २५ आइतबार ११:१२:००

पोल्यान्डकी १९ वर्षीया युवती इगा स्विएटेकले एक सेट पनि नगुमाईकन महिलातर्फको फ्रेन्च ओपन उपाधि जितेकी छिन् । 

फ्रेन्च ओपनको इतिहासमा उनी महिलातर्फ अहिलेसम्मकै तल्लो वरीयता प्राप्त विजेता खेलाडी बन्न सफल भइन् । 
उनले शनिबार राति पेरिसमा चौथो वरीयताकी अमेरिकन खेलाडी सोफिया केनिनलाई ६–४ र ६–१ को सोझो सेटमा हराइन् ।

फ्रेन्च ओपनमा स्टेफी ग्राफ र जस्टिन हेनिनपछि एक सेट पनि नहारी उपाधि जित्ने इगा तेस्रो खेलाडी हुन् । 

उपाधि जितेपछि केही शब्द नभएको उनले बताइन् । भन्छिन्, ‘मलाई थाहा छैन, यहाँ के भइरहेको छ, म धेरै खुसी छु,’ उपाधि चुम्दै इगाले भनिन् । शनिबार रोनाल्ड ग्रोरेस कोर्टमा इगाले उपाधि जितेपछि धेरै कीर्तिमान आफ्नो नाममा राखेकी छिन् । 

फ्रेन्च ओपनमा कान्छी खेलाडीकी रूपमा इगा च्याम्पियन बन्दा मोनिका सेलेसको रेकर्ड भंग भएको छ । सन् १९९२ मा सेलेसले कम उमेरमै फ्रेन्च ओपन हात पारेकी थिइन् । अब यो कीर्तिमान इगाको नाममा गएको छ । इगाले उपाधि उचाल्दा पागलझैँ भएको बताइन् ।

‘यो एक किसिमले पागलपन हो, दुई वर्षअघि म जुनियरतर्फ च्याम्पियन र २४ महिनापछि म सिनियरतर्फकै विजेता बन्न सफल भएँ,’ इगाको भनाइ छ, ‘छोटो समयमै यस्तो दुर्लभ सफलता पाउने सोचेकी थिइनँ ।’ उपाधिकै पहिलो म्याच प्वाइन्ट प्राप्त गर्दा उनी नर्भस देखिइन् । त्यसवेला उनको मुखबाट केही शब्द पनि बाहिर निस्किरहेको थिएन । 

उनले फोरह्यान्ड प्रहार गर्दै म्याच प्वाइन्ट रक्षा गरिन् । उपाधि जितेलगत्तै उनले अम्पायरसँग कोर्ट फिलिपेलाई भेट्ने अनुमति लिइन् । कोर्टमा दगुर्दै फिलिपेसँग इगाले जितको खुसियाली मनाइन् । सन् २००१ मा पोल्यान्डको वासाउमा जन्मेकी इगाका पिता तोमाज सन् १९८८ का ओलम्पियन खेलाडी हुन् । इगालाई गितार बजाउन खुब मन लाग्छ । उनको मन पर्ने एल्बम हो एसिडिसी । 

सन् २०१८ ले फ्रेन्च ओपनमा उनले जुनियर खेलाडीकी रूपमा सहभागिता जनाइन् । त्यसवेला उनले डबल्सतर्फको उपाधि जित्न सफल भइन् । पछिल्लो समय ग्रान्डस्लामको महिलातर्फ नयाँ विजेता निस्किरहेका छन् ।  अझ रोनाल्ड गोरोस (फ्रेन्च) ओपनमा प्रत्येक वर्षजसो नै नयाँ च्याम्पियन बन्ने गरेको छ । पछिल्लो १४ ठूला प्रतियोगितामा नौजना महिला नयाँ विजेता बनेका छन् ।

इगाले फ्रेन्च ओपनमा शीर्ष वरीयताकी खेलाडी सिमाना हालेपलाई चौथो चरणमा स्तब्ध पारेकी थिइन् । सन् २०१९ को सिजनमा मार्केटा ओपनमा हालेप इगासँग फाइनलमा पराजित भएकी थिइन् । 
उपाधिसँगै इगाले १.१ मिलियन डलर पाएकी छिन् । पहिलो चरणदेखि नै उत्कृष्ट प्रदर्शन गरेकी इगाले फाइनलमा केनिनलाई मौका नै दिइनन् । 

दोस्रो सेटमा उनले आश्चर्यजनक रूपमा ३–० को अग्रता लिइन् । यसबीचमा केनिनले दोस्रो सेट ५–१ सम्म पुऱ्याइन् । सातौँ गेममा इगाले बाजी मारिन् । दोस्रो सेटमा चोथो वरीयताकी केनिनले मेडिकल टाइम लिएकी थिइन् । उनलाई घुँडामा समस्या आएको थियो । 

केनिनविरुद्ध इगाले १९ मध्ये १६ विजयी अंक बटुल्न सफल भइन् । मानसिक रूपमा विपक्षीमाथि दबाब राखेकै कारण उपाधि जित्न सहज भएको इभाले विश्लेषण गरेकी छिन् । 

भन्छिन्, ‘यो एक किसिमले मनोविज्ञान खेल पनि थियो, कोर्टमा आक्रामक रूपमा खेल्न चाहेकी थिएँ, अघिल्लो चरणमा यस्तै रणनीति अपनाएकी थिएँ ।’ खेलमा उनले २५ विजयी अंक तथा १३ अनफोर्स प्रहार गरिन् । 

चौथो चरणमा शीर्ष वरीयताकी खेलाडीलाई पाखा लगाएपछि इगा प्रतियोगिताकै अन्डर डग खेलाडीका रूपमा देखिइन् । गत जनवरीमा सम्पन्न अस्ट्रेलियन ओपनमा केनिन उच्चवरीयता खेलाडी बनेकी थिइन् । २१ वर्षीया केनिनले तेस्रो चरणमा २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्सलाई स्तब्ध पारी सनसनी मचाइन् । 

फाइनलबाहेक केनिनले अन्य चरणमा निकालेको नतिजा उत्कृष्ट थियो । गत महिना उनले रोममा पूर्व एक नम्बर खेलाडी भिक्टोरिया अजारिन्कालाई ६–० र ६–० को सीधा सेटमा हराएको थियो । केनिनले खेलमा २३ अनफोर्स प्रहार गरिन् ।