१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
एजेन्सी
२o८१ बैशाख ३० आइतबार १२:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

पार्टनर भिसामा अस्ट्रेलियामा बसोवास गर्न चाहनेले अंग्रेजी परीक्षा उत्तीर्ण गर्नुपर्ने

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:५९:oo

पार्टनर भिसामा अस्ट्रेलिया जान र स्थायी बसोवास गर्न चाहनेले अनिवार्य अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । 

विदेशबाट अस्ट्रेलिया पार्टनर याने कि अस्ट्रेलियामा रहेका आफ्ना पति वा पत्नीका आधारमा श्रीमान् वा श्रीमतीले अनिवार्य रूपमा अंग्रेजी परीक्षा दिएर उत्तीर्ण भएपछि मात्र स्थायी बसोवासको भिसा पाइने व्यवस्था गरिएको बिबिसीले जनाएको छ । 
अस्ट्रेलिया सरकारले ल्याएको नयाँ आप्रवास नियमअनुसार अस्ट्रेलियाको स्थायी बसोवासको भिसा प्राप्त गर्नका लागि अंग्रेजी भाषा परीक्षा अनिवार्य गरिएको हो ।  

सरकारले ल्याएको यो कानुन संसद्ले परित गरेमा आउँदो वर्ष सन् २०२१ को मध्यबाट यो लागू हुनेछ ।

सामाजिक अभियन्ताहरूले भने यसले ठूलो विभेदकारी नीति अपनाउने भन्दै चर्काे विरोध गरेका छन् । यसले अनावश्यक दबाब सिर्जना गर्ने र विभेदसमेत गर्ने भएकाले यो खारेज गर्नुपर्ने माग उनीहरूको छ । 

तर अस्ट्रेलियाली सरकारले भने यसले समाजमा सुमधुर सम्बन्ध विस्तार गर्ने भन्दै प्रतिरक्षा गरेको छ । 

तथ्यांकअनुसार अस्ट्रेलियाको कुल जनसंख्याको पाँच भागको एक भाग जनसंख्याले आ–आफ्नो घरमा अंग्रेजीबाहेकका अन्य भाषा बोल्ने गर्छन् ।

पछिल्ला वर्षहरूमा विश्वका कम विकसित देशहरूबाट अवसरको खोजीमा अस्ट्रेलिया जाने र त्यहीँ स्थायी बसोवनस गर्न खोज्नेहरूको संख्या बढ्दो देखिएको छ । 

नेपालबाट पनि बर्सेनि अध्ययन, काम, स्थायी बसोवास आदिका लागि नेपाली अस्ट्रेलिया जाने गरेका छन् ।

यदि यो कानुन लागू भएमा नेपालबाट पार्टनर भिसामा जान चाहने र अस्ट्रेलियामा स्थायी बसोवासको भिसा लिन खोज्ने नेपाली पनि प्रभावित हुनेछन् ।

ad
ad