१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १६:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

सक्रिय संक्रमितकाे संख्या २५ हजार नाघ्याे, माैजुदा स्वास्थ्यसम्बन्धी संरचनालाई धान्न कठिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:५६:oo

एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ३४ सय ३९ संक्रमित थपिएसँगै बुधबार काेराेनाका सक्रिय संक्रमितकाे संख्या २५ हजार नाघेकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा स्वास्थ्यसम्बन्धी संरचनाले धान्न नसक्ने भन्दै लकडाउन गर्न ७ असोजमा सरकारलाई सिफारिस गरेको थियो ।

मन्त्रालयले सिफारिस गरेको दुई सातापछि सक्रिय संक्रमित २५ हजार सात पुगेको छ ।

२५ हजारभन्दा बढी सक्रिय संक्रमित भएमा देशभरको मौजुदा स्वास्थ्यसम्बन्धी भौतिक संरचनाले धान्न नसक्ने भन्दै लकडाउन गर्न सिफारिस गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ७ असोजको नियमित मिडिया ब्रिफिङमा बताएका थिए ।

इन्सिडेन्स कमान्ड सिस्टम (आइसिएस)को सोही दिन बसेको बैठकले उक्त निर्णय गरेको थियो । 

गाैतमले भनेका थिए, ‘स्वास्थ्यसम्बन्धी निकायको मौजुदा भौतिक संरचनाका कारण २५ हजारभन्दा बढी सक्रिय संक्रमित भएमा व्यवस्थापन गर्न कठिन हुने भएकाले यस्तो निर्णय भएको हो ।’

मन्त्रालयले सिफारिस गरे पनि लकडाउनकाे निर्णय सरकारले गर्ने हाे । बुधबारकाे मिडिया ब्रिफिङमा २५ हजार नाघेमा बन्दाबन्दी गर्न भएकाे सिफारिसकाे सम्बन्धमा गाैतमले उल्लेख गरेनन् । 

याे पनि पढ्नुहाेस :

सक्रिय संक्रमित २५ हजार नाघे लकडाउन गर्न आइसिएसको सिफारिस

ad
ad