१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज २१ बुधबार १६:३६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

थप १५ जना कोरोना संक्रमितको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज २१ बुधबार १६:३६:००

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १५ जनाको निधन भएको छ ।

निधन हुनेमा १० जना पुरुष र पाँचजना महिला रहेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा दुई महिला र चार पुरुष गरी ६ जनाको निधन भएको छ । मोरङमा दुई पुरुषको निधन भएको छ । 

सिराहा, रौतहट र दाङमा एक–एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी ललितपुर, चितवन, रुपन्देही र नवलपरासीमा एक–एक पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

योसँगै देशभर हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या पाँच सय ७८ पुगेको छ ।