१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o५:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

हावामा रहेका भाइरसबाट संक्रमण  फैलिँदै छ : अमेरिकन सिडिसी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o५:o५:oo

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले हावाबाट कोरोना भाइरस सर्न सक्ने जनाएको छ । सिडिसीले सोमबार हावामा रहेको भाइरस अन्य व्यक्तिमा सर्न सक्ने पुष्टि गरेको हो । सामान्यतः संक्रमितको मुखबाट निस्केका एरोसेलहरू ६ फिट पर हावाको माध्यमबाट सजिलै पुग्न सक्ने र अन्य व्यक्तिमा फैलिने तथ्य पहिले नै सार्वजनिक भइसकेको थियो । तर, अमेरिकन सिडिसीले भने सोमबार मात्र यसको पुष्टि गरेको हो ।

सिडिसीले हावामा रहेका साना ड्रपलेट्सहरू धुवाँजस्तो लामो समयसम्म हावामा रहन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरेको हो । अमेरिकी वैज्ञानिकहरूको एक समूहले सोमबार मेडिकल जर्नल अफ साइन्समा प्रकाशित गरेको अध्ययनअनुसार पछिल्लो समय संक्रमितको नजिकबाट भन्दा पनि हावामा रहेका भाइरसबाट बढी संक्रमण फैलिइरहेको छ । संक्रमणबाट बच्न भौतिक दूरी कायम गरिएकाले संक्रमणको दर घट्नुपर्ने भए पनि तुलनात्मक रूपमा बढिरहेकाले पनि हावालाई नै संक्रमितको प्रमुख माध्यम मानिएको छ ।

                                                                                       ००००

अनुसन्धानका अनुसार हावामा रहेका भाइरस केही सेकेन्डदेखि केही घन्टासम्म बाँच्न सक्छन् । र, हावाको माध्यमबाट दुई मिटर वा सोभन्दा बढी यात्रा गर्न सक्छन् । हावामा रहेका भाइरस उडेर इन्डोर वा कम भेन्टिलेसन भएका स्थानसम्म पुग्न सक्छन्, जुन अन्य व्यक्तिका लागि जोखिमपूर्ण हुन्छन् । पछिल्लो समय हजारौँ संक्रमितले श्वास फेर्दा वा हाछ्यँु गर्दा निस्कने एरोसेलले हावामा लाखौँको संख्यामा भाइरस हुन सक्ने र सावधानी नअपनाउँदा सजिलै स्वस्थ व्यक्तिमा सर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । 

सामान्यतः कस्ता ड्रपलेट्स वा एरोसोलहरू हावामा कति समय बस्न सक्छन् भन्ने तथ्यसाथ पुष्टि गर्नुपर्ने वैज्ञानिकहरूले बताएका छन् । चिसो स्थानमा भाइरसयुक्त पानीका थोपाहरू बढी समयसम्म हावामा रहन सक्छन् । अध्ययनका अनुसार, एकचोटि खोक्दा कम्तीमा तीन हजार र हाछ्युँ गर्दा ३० हजारभन्दा बढी पानीका थोपाहरू निस्कन्छन् । जुन हावामा मिसिन्छन्, हावाको गति बढी भएमा छोटो समयमा परसम्म पुग्न सक्छन् ।

भाइरस फैलिन मुखबाट निस्कने भाइरसयुक्त पानीको थोपाको आकार र हावाको गतिमा निर्भर रहन्छ । तसर्थ, घरबाहिर रहँदा मास्कको अनिवार्य प्रयोगसँगै भौतिक दूरी पनि कायम राख्नुपर्छ । चिकित्सकहरूले घरमा बस्दा पनि हावा स्वच्छ राख्न पर्याप्त भेन्टिलेसनको व्यवस्था गर्न आवश्यक रहेको सल्लाह दिएका छन् ।

एजेन्सीको सहयोगमा 

ad
ad