१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १८ आइतबार १२:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसद्वारा डा. केसीको अनशनप्रति ऐक्यबद्धता, केन्द्रीय कार्यसमिति बैठक स्थगित हुने सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १८ आइतबार १२:३६:००

नेपाली कांग्रेसले डा. गोविन्द केसीले राखेका मागहरू जायज भएको भन्दै ऐक्यबद्धता जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीका मागहरूमा समर्थन जनाउँदै कांग्रेसले औपचारिक रूपमा विज्ञप्ति जारी गरिसकेको भए पनि केन्द्रीय कार्यसमितिको बैठकबाटै थप निर्णय गरी ऐक्यबद्धता जनाउने तयारी भइरहेको जानकारी दिए । 

तर, कोरोना संक्रमण जोखिमका कारण भोलि (सोमबार) बस्ने भनेको केन्द्रीय कार्यसमितिको बैठक बस्ने–नबस्ने सम्बन्धमा आजै पार्टीले निर्णय गर्ने पनि उनले बताए । 

कार्यसमिति बस्नुअघि आज (आइतबार) का लागि बोलाइएको पदाधिकारी बैठक भने स्थगित भइसकेको उनले जानकारी दिए । 

केन्द्रीय कार्यसमिति बैठक बस्ने–नबस्ने सम्बन्धमा सबै कार्यसमिति सदस्य र सचिवालय सदस्यहरूको पिसिआर परीक्षणको रिपोर्ट आएपछि मात्रै निर्णय हुने पनि उनले बताए । 

डा. गोविन्द केसीले विगतदेखि नै जायज माग राख्दै आएकाले र कांग्रेस नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अधिकांश माग पूरा हुने पनि उनले बताए । 

पछिल्लो समय पिसिआर परीक्षण बढाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा नयाँ जायज माग राख्नुभएकाले सरकारले तत्काल वार्ता गरी सुनुवाइ गर्नुपर्ने उनले बताए । 

संसद्को विशेष अधिवेशन बोलाउने सन्दर्भमा कांग्रेसले औपचारिक निर्णय गरिनसकेको प्रवक्ता शर्माले बताए । 

यद्यपि जनजीवन चलिरहेको अवस्थामा भौतिक दूरी कायम राखेर संसद् अधिवेशन चलाउनुपर्ने उनले माग राखे । 

विदेशबाट नेपालीहरू फर्कन नपाएको अवस्था, चाडपर्वमा बजारमा हुने महँगी, अस्पतालमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थालगायतका विषयमा सरकारले संसद् अधिवेशन बोलाएर नागरिकका कुरा राख्न मार्गनिर्देश गर्नुपर्ने पनि उनको भनाइ छ ।