१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o५:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बर्जर पेन्ट्सको ‘बर्जर कलर स्प्लास’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o५:१९:oo

बर्जर जेन्सन एन्ड निकल्सन (नेपाल) प्रालिले दसैँ र तिहारको अवसर पारेर पर्वद्धन योजना ‘बर्जर कलर स्प्लास’ आरम्भ गरेको छ । कम्पनीले यो योजना १५ असोजदेखि लागू गरेको हो । 

योजनाअनुसार ग्राहकले १ सय वर्ग फिटबराबरको सिल्क डिजाइन पेन्ट्स पक्का उपहार प्राप्त गर्ने जनाइएको छ । यसका लागि बर्जर पेन्ट्सको योजनामा उल्लिखित ब्रान्डहरू खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत एकजना भाग्यशाली विजेताले बम्पर पुरस्कारमा ५ लाख रुपैयाँ प्राप्त गर्ने जनाइएको छ । अन्य पुरस्कारहरूमा दुईजनालाई २–२ लाख रुपैयाँ र ५ जनालाई ५०–५० हजार रुपैयाँ रहेको तथा १ सयजनालाई सामसङ मोबाइल फोन रहेको कम्पनीले जनाएको छ । 

उपभोक्ताहरूले बर्जर पेन्टले रंगाइएको घरको फोटो अपलोड गरेर डिजिटल प्रतियोगितामा पनि भाग लिन सक्ने र सहभागीहरूमध्ये उत्कृष्ट २८ घरधनीले नगद पुरस्कार जित्न सक्ने जनाइएको छ ।

योजना बर्जरका उत्पादन वेदर कोट लङ लाइफ, वेदर कोट अल गार्ड एक्सपी, वेदर कोट अल गार्ड, वेदर कोट एन्टी डस्ट, सिल्क ग्ल्यामर एक्सपी, सिल्क ब्रेथ इजी, सिल्क लक्जरी, इजी क्लिन एक्सपी र इजी क्लिनमा लागू गरिएको जनाइएको छ ।

ad
ad