मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण १४ शुक्रबार
  • Friday, 26 February, 2021
२०७७ असोज १५ बिहीबार १४:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी हिरासतमा एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असोज १५ बिहीबार १४:३९:००

रौतहटको गरुडामा रहेको इलाका प्रहरी कार्यालयको हिरासतमा एक महिलाको मृत्यु भएको छ ।

अनैतिक सम्बन्धको आरोपमा पक्राउ परी हिरासतमा रहेकी महिला बिहीबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

गुजरा नगरपालिका– २ कटानी बजारकी राधिका राउतको गरुडास्थित महिला प्रहरी सेल हिरासतमा मृत्यु भएको हो । 

महिला सेलका सुरक्षाकर्मीले बिहान राउतलाई मृत अवस्थामा फेला पारेको प्रहरीले बताएको छ ।

एक युवकसँग अनैतिक सम्बन्ध राखेका वेला उनका श्रीमान् सुमन राउतले बुधबार साँझ फेला पारी वडाध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए ।

प्रहरीले दुवैलाई निन्यत्रणमा लिएर स्वास्थ्य जाँच गराएको थियो । राधिकाले आफू छारेरोगको रोगी भएको र लामो समयदेखि औषधि सेवन गरिरहेको प्रहरीलाई बताएकी थिइन् । 

हिरासतमा रहेका वेला राति उनलाई दुईपटक छारेरोगले च्यापेको थियो । राधिकाका श्रीमानले पनि लामो समयदेखि उनी छारेरोगको उपचार गराइरहेको प्रहरीलाई बताएका छन् । 

हिरासतमा रहेकी महिलाको मृत्युको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले बताए । 

यसभन्दा अघि कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको पनि गरुडाको हिरासतमै मृत्यु भएको थियो ।