१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o५:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

खुलामञ्च पुगेर बाबुरामले खाना बाँडे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o५:३७:oo

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बुधबार काठमाडौंको खुलामञ्च पुगेर रोजगारी गुमाएकालाई खाना खुवाएका छन् । कोरोना महामारीका कारण रोजगारी गुमाएकालाई विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइरहेका छन् ।

त्यही सिलसिलामा डा. भट्टराई पत्नी हिसिला यमीसहित खुलामञ्च पुगेर खाना बाँडेका थिए । बिहान साढे ९ बजे पुगेका उनले करिब २० मिनेट खाना बाँडे । खाना बाँड्दै डा. भट्टराईले लाइनमा बसेकाहरूसँग कुराकानीसमेत गरेका थिए ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई धेरैले आफ्नो बाध्यता पनि सुनाएका थिए । हाम्रो टिम नेपालका अनुसार संस्थालाई हौसला बढाउन डा. भट्टराई खुलामञ्च गएका थिए । राज्यले गर्नुपर्ने काम गरेको भन्दै डा. भट्टराईले हाम्रो टिमको सराहनासमेत गरेका थिए ।

‘कोरोनाले सडकमा धकेलिएका नागरिकलाई राज्यले नहेरेपछि जनस्तरबाट खाना खुवाइरहेका स्वयंसेवीहरूका साथ । जनसेवामा खटेका हाम्रो टिम नेपाल, मानवी क्रियटिभ एसोसिएसन, गोभिव क्विन र हाम्रो सानो प्रयासलाई धन्यवाद ।’ फेसबुकमा तस्बिर राख्दै डा. भट्टराईले लेखेका छन् ।डा. भट्टराईले खाना खुवाउन सहयोग गर्ने आश्वासन पनि दिएका छन् ।

ad
ad