Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १४ बुधबार १५:५०:००
Read Time : < 1 मिनेट
सप्तरंग

प्रेमगीत– ३ को प्रदर्शन अब आगामी वर्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १४ बुधबार १५:५०:००

कोभिड– १९ महामारी त्यसपछि लकडाउन नभएको भए गत वर्षको २८ चैतमै चलचित्र ‘प्रेमगीत– ३’ प्रदर्शन भइसकेको हुन्थ्यो । प्रवर्द्धनात्मक कार्यक्रमहरू भइसकेको र हलमा जान ठिक्क परेको समयमा लकडाउन सुरु भयो । जसका कारण चलचित्र प्रदर्शन हुन सकेको छैन । 

‘हलहरू कहिले सुरु हुने हो यकिन छैन । सबै अन्याेलमा छन् ।’ प्रेमगीत– ३ का निर्माता तथा निर्देशक सन्तोष सेन भने, ‘अब एकैपटक आउँदो नयाँ वर्षमा मात्र चलचित्र प्रदर्शन गर्ने योजना छ । चार करोड ५० लाख जोखिम उठाउन सक्दिनँ ।’ सेनले आउँदो नयाँ वर्षअघि कुनै सम्भावना नदेखिने बताए । 

दुई गीत र टिजर सार्वजनिक गरेर प्रचारप्रसार गरिएको चलचित्रमा शिव श्रेष्ठ, प्रदीप खड्का, मनीष राउत, अनुभव रेग्मी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, जीवन भट्टराईलगायत कलाकार रहेका छन् । ऐतिहासिक प्रेमकथामा बनेको चलचित्रमा कृष्टिना गुरुङले अभिनेत्रीको रूपमा डेब्यु गरेकी छन् ।