१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार २१:५३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

१० बजेसम्मका १० खबर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार २१:५३:oo

 

लगातार दोस्रो वर्ष मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भएन

 सरकारले निरन्तर सुशासनको पक्षमा बोले पनि मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण गोप्य राखिएको छ । मन्त्रिपरिषद्का २२ मध्ये आधा सदस्यको विवरण एकपटक मात्रै सार्वजनिक गरिएको छ भने, आधाको एकपटक पनि गरिएको छैन । भ्रष्टाचार निवारण ऐनअनुसार हरेक आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ । तर, नौ मन्त्री तथा तीन राज्यमन्त्रीको एकपटक पनि सम्पत्ति विवरण सार्वजनिक भएको छैन । 

प्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता रोकियो, नतिजा पनि आएन

 गत वर्षदेखि सुरु प्रधानमन्त्री र मन्त्रीबीचको कार्यसम्पादन सम्झौता यस वर्ष रोकिएको छ । त्यसबाहेक उनीहरूबीच गत वर्ष भएको कार्यसम्पादन सम्झौताको मूल्यांकन नतिजा आर्थिक वर्ष सकिएको दुई महिना बित्दासमेत सार्वजनिक गरिएको छैन । मन्त्रिपरिषद् पुनर्गठनको चर्चा भइरहँदा प्रधानमन्त्री र मन्त्रीहरूबीचको सम्झौताको मूल्यांकन नतिजामा सबैको चासो छ । नेकपाभित्र मन्त्रिपरिषद् पुनर्गठन हुँदा कार्यसम्पादनलाई एउटा आधार बनाउने विकल्पमाथि छलफल भएको छ । 

प्रदेश २ सरकारले संघीय ऐनलाई टेकेर कर्मचारी भर्ना गर्ने

 लामो समयदेखि संसदीय समितिमा अड्केको प्रदेश निजामती ऐन पारित नभएपछि प्रदेश सरकारले संघीय निजामती ऐनअनुसार नै कर्मचारी भर्ना गर्ने प्रक्रिया थालेको छ । प्रदेश लोकसेवा आयोग गठन भएको एक वर्ष भइसक्दा पनि प्रदेश  निजामती ऐनको अभावमा कर्मचारी भर्ना प्रक्रिया सुरु हुन सकेको थिएन ।

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि करछलीको आरोप, एक वर्षको आयकर ७५० डलर

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आयकर नबुझाएको रिपोर्ट सार्वजनिक भएको छ । अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले प्रकाशित गरेको रिपोर्टअनुसार राष्ट्रपति ट्रम्पले आफू शक्तिमा आएपछि कर तिर्न छाडेको देखिएको छ ।  न्युयोर्क टाइम्सले ट्रम्प राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रिएको पहिलो वर्ष सन् २०१६ र निर्वाचित भएको पहिलो वर्षमा सात सय ५० अमेरिकी डलर कर तिरेको उल्लेख गरेको छ ।

बलात्कारका घटना मिलापत्र गराउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

 गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई पक्राउ गरी मतियारको रुपमा कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।  

काेराेना मिटर : आज १३ सय ५१ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितकाे संख्या १९ हजार ६ सय २४ पुग्यो

 पछिल्लो २४ घन्टामा १३ सय ५१ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा १० हजार ८० जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार थप भएकोसमेत देशभर हालसम्म  संक्रमित हुनेको संख्या ७४ हजार सात सय ४५ पुगेको छ ।

मन्त्रिमण्डल पुनर्गठन : ओली- प्रचण्डको लगातार छलफल निष्कर्षहीन

 सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सोमबारको छलफल पनि विनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा साढे दुई घन्टा चलेको छलफलले कुनै पनि निष्कर्ष निकाल्न नसकेको स्रोतले जनाएको छ । 

तेजाव फ्याँक्ने अपराधीमाथि कडा कारबाही गर्ने अध्यादेश राष्ट्रपतिबाट जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाव फ्याँक्ने अपराधीमाथि कडा कारबाहीको व्यवस्थाका लागि अध्यादेश जारी गरेकी छिन् । उनले सरकारले सिफारिस गरेको तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, सोमबार जारी गरेकी हुन् । 

कांग्रेसमा खैलाबैला : १४औँ महाधिवेशन निष्पक्ष हुनुपर्ने मागसहित पौडेल पक्षले दर्ता गरायो विरोधपत्र

सत्तारुढ दल नेकपाभित्रको विवाद साम्य भए पनि प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्रको विवाद चुलिँदै गएको छ । नेता रामचन्द्र पौडेल पक्षले १४औँ महाधिवेशन निष्पक्ष हुनुपर्ने माग गर्दै केन्द्रीय कार्यालय सानेपामा विरोधपत्र दर्ता गराएको छ ।

नार्कोटिक्स कन्ट्रोल ब्युरोको इन्ट्रीले बलिउडमा ल्याएको हलचल

यो साता बलिउड फिल्म इन्डस्ट्रीमा आबद्ध धेरै कलाकारले राम्रोसँग सास लिन पाएनन् । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एसिबी)ले कुन वेला छापा मार्ने वा अनुसन्धानका लागि अदालत लैजाने हो भन्ने डरमै बलिउडकर्मीको समय बित्यो । बलिउड र ड्रक्स कनेक्सनमा आफू पनि फस्ने हो कि भन्ने भय कलाकारमा देखिएको भारतका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । 

ad
ad