Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक १२ बुधबार
  • Wednesday, 28 October, 2020
ad
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १२ सोमबार २१:३८:००
समाचार डिजिटल संस्करण

गोताखोर तालिमप्राप्त सशस्त्र प्रहरीलाई दैनिक तीन सय भत्ता 

नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १२ सोमबार २१:३८:००

सशस्त्र प्रहरी बलका गोताखोर तालिमप्राप्त प्रहरीले उद्धारमा खटिएको दिन दैनिक तीन सय भत्ता पाउने भएका छन् । जोखिमपूर्ण काममा खटिनुपर्ने भएकाले भत्ता दिने निर्णय सरकारले गरेको हो । 

पर्याप्त सुविधा नहुँदा तालिमप्राप्त प्रहरीहरू जागिर छाडेर जान थालेपछि सुविधा बढाउनुपर्ने प्रस्ताव तीन वर्षअघि नै अघि बढेको थियो । अहिले बल्ल सरकारले निर्णय गरेको हो । त्यस्तै उनीहरूको १० लाख रुपैयाँसम्मको विशेष बिमा गर्ने निर्णयसमेत भएको छ ।