Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ असोज ११ आइतबार १७:३१:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कर्णाली प्रदेशमा थपिए ४५  कोरोना 

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ असोज ११ आइतबार १७:३१:००

कर्णालीमा आइतबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल-पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५ जनामा कोरोना पुष्टि भएको हो । 

कर्णालीमा कोरोना संक्रमित हुनेमा सुर्खेतका ३३ जना, सल्यानका पाँचजना, दैलेख, जुम्ला एक–एकजना र अन्य प्रदेशका पाँचजना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । 

योसँगै कर्णालीमा कोरोना पुष्टि हुनेको संख्या तीन हजार चार सय नाैजना पुगेकाे छ । 
 
आइतबार कर्णालीका विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट १७ जनामा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए । ‘कर्णालीमा कोरोना संक्रमित निको हुनेको कुल संख्या दुई हजार आठ सय २७ पुगेको छ,’ उनले भने, ‘हाल चार सय ९९ जना कोरोनाका सक्रिय संक्रमित बिरामी रहेका छन् ।’