१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o६:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

७१३ पूर्वाधार बनाउन ३३ अर्ब प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:३७:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आह्वान गरेको पर्यटनउपज साझेदारी कार्यक्रमका लागि देशभरबाट ७ सय १३ आयोजनामा प्रस्ताव परेको छ । मन्त्रालयले स्थानीय, प्रदेश र संघ तीनै तहको लागत साझेदारीमा काम गर्ने गरी माग गरिएका आयोजनाहरूमा ३३ अर्ब १ करोड ८१ लाख लागत प्रस्ताव परेको हो । जसमा प्रदेश र स्थानीय तहले करिब १२ अर्ब लागत व्यहोर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भदौ महिनाभरि समयसीमा राखेर गरिएको आह्वानमा प्रदेशबाट १०, महानगरपालिकाबाट ९, उपमहानगरपालिकाबाट १०, नगरपालिकाहरूबाट ३ सय ७ र गाउँपालिकाबाट ३ सय ७७ प्रस्ताव परेको हो । यी योजना कार्यान्वयनका लागि गाउँपालिकाले ३० प्रतिशत, नगरपालिकाले ३५ प्रतिशत, उपमहानगरपालिकाले ४० प्रतिशत, महानगरपालिका र प्रदेशले ५० प्रतिशत लागत व्यहोर्नुपर्नेछ । बाँकी संघीय सरकारले व्यहोर्नेछ ।

यस्ता कार्यक्रमका लागि प्रतिकार्यक्रम प्रदेशलाई ३० करोड, महानगरपालिकालाई १५ करोड, उपमहानगरपालिकालाई १० करोड, नगरपालिकालाई ७ करोड र गाउँपालिकालाई ५ करोडसम्म दिने मन्त्रालयको तयारी छ । पर्यटन पूर्वाधारको विकासकै लागि विगतमा सरकारले सय गन्तव्यको कार्यक्रम ल्याएको थियो । उक्त कार्यान्वयन प्रभावकारी नभएको भन्दै मन्त्रालयले पुनः साझेदारी मोडलमा अर्को कार्यक्रम ल्याएको हो । 

ad
ad