१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ६ मंगलबार १५:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित गरिएकोमा कर्मचारी युनियनको विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ६ मंगलबार १५:४२:००

सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेकोमा नेपाल निजामती कर्मचारी युनियनले विरोध गरेको छ ।

निर्वाचनको अन्तिम तयारी भइसकेको अवस्थामा कसैको स्वार्थमा निर्वाचन स्थगित गरेको युनियनका नेताहरूको आरोप छ ।

‘कि पहिले नै निर्वाचन स्थगित गर्नुपर्दथ्यो, अन्तिम अवस्थामा आएर रोक्नु गलत हो,’ युनियनका अध्यक्ष गोपाल पोखरेलले भने, ‘यसमा हाम्रो गम्भीर आपत्ति छ ।’

आगामी २४ असोजमा आधिकारिक टेड युनियनको चुनाव तय भएको थियो । कर्मचारी ट्रेड युनियनहरूले प्रचारसमेत थालिसकेका थिए ।

कोरोना संक्रमण बढेको कारण देखाएर मंगलबारको मन्त्रिपरिषद्को बैठकले चुनाव रोक्ने निर्णय गरेको थियो । प्रमुख निर्वाचन अधिकृत कलानिधि पौडेलले सामाजिक दूरी कायम गरेर सहजै रूपमा चुनाव गर्न सकिने बताएका थिए ।

नेकपानिकट कर्मचारी संगठनभित्रको आन्तरिक विवादका कारण निर्वाचन स्थगित गरिएको युनियनको आरोप छ ।

सरकारले हालको कार्यसमितिको म्याद वैशाखसम्म थपेकाले वैशाखामा मात्र चुनाव हुने सम्भावना देखिएको छ ।