१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १३:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपत्यकाको फोहाेर व्यवस्थापन : २५ वर्षलाई फोहाेर व्यवस्थापन गर्न बन्चरेडाँडा ल्यान्डफिल्डको तयारी अन्तिम चरणमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:४६:oo

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले असोज महिनाभित्र बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको पहिलो चरणको काम सकिने र कात्तिक पहिलो सातादेखि फोहाेर विसर्जन हुने थाल्ने बताएका छन् । 

आइतबार नुवाकोट र धादिङको सीमा क्षेत्रस्थित बन्चरेडाँडामा निर्माणाधीन स्यानेटरी ल्यान्डफिल्ड साइटको अनुगमनका क्रममा उनले यस्तो बताएका हुन् । 

कोभिड संक्रमणका कारण निर्माणमा केही ढिलाइ भएको बताउँदै मन्त्री मानन्धरले अब एक महिनाभित्र साइड निर्माण सकिने दाबी गरे । 

सकेसम्म दशैँअघि नै फोहाेर विसर्जन थालिने बताउँदै मन्त्री मानन्धरले आवश्यक पूर्वाधार निर्माण तीव्र गतिमा भइरहेको जानकारी पनि दिए । पहिलो चरणमा ३४ करोडको लागतमा ल्यान्डफिल्ड साइडको निर्माण भइरहेको छ । 

काठमाडौं उपत्यकाको फोहाेर व्यवस्थापनका लागि दीर्घकालीन योजनासहित सरकारले स्यानेटरी ल्यान्डफिल्ड साइट बनाइरहेको छ । 

सामान्य अवस्थामा फोहाेर विसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्यान्डफिल्ड गर्दा कम्तीमा ५० वर्षका लागि यो स्थानमा उपत्यकाको फोहाेर व्यवस्थापन हुन सक्ने मन्त्री मानन्धरले बताए । 

कोभिड संक्रमणका कारण केही ढिलाइ भएको बताउँदै मन्त्री मानन्धरले कामलाई तीव्रता दिन पनि निर्देशन दिए । जनताको चाहनाबमोजिम सरकारले विकासका कामलाई तीव्रता दिएको दाबी गरे । 

साेही क्रममा मन्त्री मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अबको केही वर्षमा मुलुकमा विकासका गतिविधि तीव्र हुने र केही वर्षमा मुलुकले कायापलट फेर्ने बताए ।

ad
ad