१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ३ शनिबार १४:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ३ शनिबार १४:४५:००

कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला  डिस्चार्ज भएका छन् ।

कोइराला कोरोनाको लक्षण देखिएपछि मंगलबार चाबहिलस्थित ओम अस्पताल भर्ना भएका थिए । कोइरालाको स्वास्थ्यमा सुधार आएपछि आज ‘डिस्चार्ज’ भएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्य अवस्थाबारे नियमित चासो, चिन्ता, शुभेच्छा र स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएका छन् ।

राससका अनुसार उनले स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएसँगै चिकित्सकको सल्लाहबमोजिम अब केही दिन होम आइसोलेसनमा रहने बताएका छन् ।