मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ २४ आइतबार ११:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत : नेता कोइराला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २४ आइतबार ११:४३:००

कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले चिनियाँ राजदूत छन सोङले केही दिनअगाडि दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन्। 

नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्ने बताएका हुन्। 

नेता कोइरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौंमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु कूटनीतिक मर्यादाविपरीत हुने धारणा राखे।  

कांग्रेसमा चरम गुटबन्दी भएकाका कारण समस्या भएको बताउँदै कांग्रेसको गुटबन्दी रोक्न सक्ने सामर्थ्य आफूले मात्र राख्ने बताए। उनले  गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने उनको भनाइ थियो। 

उनले आफू  बर्सात सकिएलगत्तै देश दौडाहामा जाने भन्दै आमकार्यकर्ताले  कांग्रेस कस्तो भएको हेर्न चाहन्छन् भनेर बुझ्ने बताए। डा. कोइरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजानु गलत भएको भन्दै कोशी प्रदेशमा सबै दलहरू मिल्नुको विकल्प नभएको स्पष्ट पारे।