मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
रासस चितवन
२०८० भदौ २० बुधबार १५:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवा समूहबाट सभापतिको उम्मेदवार म बन्न सक्छु : शशांक कोइराला

Read Time : < 1 मिनेट
रासस, चितवन
२०८० भदौ २० बुधबार १५:५६:००

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको समूहबाट आफू सभापतिको उम्मेदवार बन्न सक्ने बताएका छन्।

भरतपुर विमानस्थलमा बुधबार पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले यस विषयमा टुंगो भने लागिनसकेको बताए।

विमानस्थलमा पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले सो प्रतिक्रिया दिएका हुन्। कांग्रेसको आगामी महाधिवेशनमा देउवाको समूहबाट उम्मेदवार तपाईं हुने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा उनले भने, ‘सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?’

पार्टीका साथीहरूसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने कोइरालाको भनाइ थियो। तर, यस विषयमा आफूलाई सभापति देउवासँग भने केही कुरा नभएको उनले प्रस्ट पारे।

उनले भने, ‘सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरूको विचार यही नै हुन सक्छ। पूर्वदेखि पश्चिमसम्म साथीहरूसँग भेटघाट गरौँ, उहाँहरूको विचार सुनौँ, अनि मात्रै निर्णय गर्छु।’