Skip This
‘भ्यापिङका कारण युवामा कोरोना संक्रमण बढी’ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १४:११:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली

‘भ्यापिङका कारण युवामा कोरोना संक्रमण बढी’ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १४:११:oo

सामान्यतया क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज् (सिओपिडी) अर्थात् श्वास–प्रश्वाससम्बन्धी समस्या भएका बिरामीमा कोरोना भाइरस संक्रमणको जोखिम बढी हुने विभिन्न अध्ययनले पुष्टि गरिसकेका छन् । जस्तै ब्रोंकाइटिस, दम र अन्य सिओपिडी समस्या भएका व्यक्तिको फोक्सो पहिलेदेखि नै कमजोर र जीर्ण बनिरहेको हुन्छ । यस्ता बिरामीमा संक्रमण भए श्वासनली र फोक्सोमा भाइरससँग लड्ने क्षमता कमजोर हुन्छ । फलस्वरूप फोक्सोले काम गर्न छोड्छ । 

धुम्रपान, भ्यापिङ (विद्युतीय चुरोट) जस्ता गतिविधि गर्ने व्यक्तिको फोक्सो कमजोर हुन्छ । यसकारण यस्ता व्यक्तिमा पनि अन्य संक्रमणजस्तै कोरोनाको जोखिम पनि उच्च हुने अनुसन्धानले देखाएको छ । हुनत कोरोना महामारीको सुरुवातमै धुम्रपान गर्ने व्यक्तिमा कोभिडले बढी असर पुर्याउने अनुमान गरिएको थियो । यस विषयमा विभिन्न अध्ययन पनि भए । जसले पूर्वअनुमान गरिएको विषयलाई पुष्टि गरेका छन् । 

यस्तै जर्नल अफ एडोलेन्स हेल्थमा प्रकाशित रिपोर्टअनुसार इ–सिगारेट अर्थात् भ्यापिङ प्रयोगकर्तामा पनि कोरोना भाइरसको जोखिम उच्च रहेको उल्लेख छ । यति मात्रै होइन भ्यापिङले मानव स्वास्थ्यमा दीर्घकालीन समस्या निम्त्याउनेसमेत पुष्टि भएको उल्लेख छ । स्ट्यान्डफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले चार हजार तीन सय ५१ जनामा गरेको अनुसन्धानमा धुम्रपान, भ्यापिङ गर्ने व्यक्तिमा सामान्य व्यक्तिमा भन्दा पाँच गुणा बढी कोरोना संक्रमणको जोखिम रहेको उल्लेख छ ।

सामान्यतया मुटु, कलेजो वा फोक्सोमा अन्य समस्या भएका व्यक्तिमा भाइरसले छिटो असर पार्ने गर्छ । योसँगै सुर्ती, चुरोटजस्ता निकोटिनयुक्त वस्तुको सेवन गर्ने व्यक्तिमा पनि भाइरस संक्रमणको जोखिम ज्यादा हुन्छ । निकोटिनयुक्त पदार्थले खोकी, ब्रोंकाइटिस वा दमजस्ता समस्या हुन्छ । यस्ता व्यक्तिमा भाइरसले चाँडै नै हानि पुऱ्याउन थाल्छ । 
परम्परागत सुर्ती सेवनभन्दा इ–सिगरेट अर्थात् भ्यापिङ प्रयोगकर्तामा कोरोनाको जोखिम र असर बढी रहेको अध्ययनले जनाएको उल्लेख छ । खासगरी युवा उमेर समूहले भ्यापिङ बढी प्रयोगमा ल्याउने हुँदा पनि उनीहरूमा संक्रमणको जोखिम बढी देखिएको छ । 

ad
ad