१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १२:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विदेशमा अलपत्र परेकालाई दशैँअघि उद्धार गर्न सांसद संग्रौलाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:१९:oo

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले विदेशमा अलपत्र परकाहरूलाई दशैँअघि नै उद्धार गर्न माग गरेकी छिन् । 

उनले त्यसरी अलपत्र परेकाहरूलाई स्वदेश फर्काउन विशेष योजना सञ्चालन गर्न सरकारसँग माग गरेकी हुन् । 

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनले यस्तो माग गरेकी हुन् । 

उनले भनेकी छिन्, ‘कोरोनाको कहरले गर्दा देशभित्रै जनजीवन अस्तव्यस्त बन्न पुगेको वेला नेपाल फर्कन पर्खिरहेका लाखौँ नेपालीलाई नेपालीको महान् चाड विजयदशमीअगावै स्वदेश फर्काउन विशेष योजना सञ्चालन गर्न म नेपाल सरकारसँग माग गर्दछु ।’

सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले विदेशमा रहेका नागरिकलाई ल्याउन निःशुल्क उडान सेवा नगरेको भन्दै उनले खेद प्रकटसमेत गरेकी छिन् । 

‘महँगो चार्टर्ड उडान गरेर सरकारले झन्डै ७० हजार नेपालीलाई स्वदेश फर्काएको छ, तर अझै पनि खाडी मुलुक तथा मलेसियामा झन्डै तीन लाख नेपाली स्वदेश फर्कन पर्खिरहेका छन् । तीमध्ये हजारौँ महिला, बेरोजगार तथा असक्त नेपाली विमानको टिकट किन्न सक्ने स्थितिमा पनि छैनन् । सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निःशुल्क उडान सेवा सुरु गरेको छैन, जुन खेदजनक छ,’ विज्ञप्तिमा भनिएको छ ।

ad
ad