१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ २९ सोमबार १७:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घुम्थाङका पहिरोपीडितलाई राहत वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ २९ सोमबार १७:१६:००

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका पहिरोपीडितलाई अनेरास्ववियुले राहत वितरण गरेको छ ।

अनेरास्ववियुले प्रभावित क्षेत्रमा पुगेर प्रभावित ५० घरपरिवारलाई राहत वितरण गरेको हो । 

राहत सामग्री बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनलाई हस्तान्तरण गरिएको छ ।  

अनेरास्ववियुका सहसंयोजक रन्जित तामाङको टोलीले प्रभावितलाई टेन्ट ७२ थान, चामल १७ बोरा, कम्बल ७२ थान र स्वास्थ्य सामग्री सहयोग गरेको केन्द्रीय सदस्य श्याम रोक्काले जानकारी दिए ।

शनिबार राति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका- ७ घुम्थाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता छन् ।  

पहिरोमा परेर २२ घरमा पूर्ण रूपमा क्षति पुगेको छ।