Skip This
परीक्षण कम हुँदा संक्रमितको संख्या स्थिर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o५:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

परीक्षण कम हुँदा संक्रमितको संख्या स्थिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o५:१३:oo

पछिल्लो २४ घन्टामा ६ जनाको मृत्यु, नौ सय दुई नयाँ संक्रमित थपिए, दुई हजार दुई सय ८७ निको भए

सरकारले स्वाब परीक्षणको दर घटाउँदा कोरोना संक्रमणको अवस्था केही स्थिर देखिएको छ । अघिल्लो साता संक्रमितको संख्या बढेको थियो भने यो साता स्थिर रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार १९ भदौमा अहिलेसम्मकै सर्वाधिक एक हजार तीन सय ५९ नयाँ संक्रमित पुष्टि भएका थिए । त्यो दिन १३ हजार ६ सय ३८ नमुना परीक्षण भएका थिए । मृत्यु हुनेको संख्या पनि अहिलेसम्मकै उच्च रहेको थियो । त्यो दिन १४ जनाले ज्यान गुमाएका थिए । 

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर नौ सय दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ । निको हुनेको दर भने दोब्बरभन्दा बढी छ । पछिल्लो २४ घन्टामा दुई हजार दुई सय ८७ जना निको भएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । तर, परीक्षण भने घटेको छ । पछिल्लो २४ घन्टामा १० हजार ६ सय ११ नमुना परीक्षण गरिएको छ । 

मंगलबारसम्म संक्रमितको संख्या ४८ हजार एक सय ३८ पुगेको छ । त्यस्तै, मृत्यु हुनेको संख्या पनि तीन सय ६ पुगेको छ । मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीका अनुसार निको भएकाहरूको संख्या ३२ हजार नौ सय ६४ पुगेको छ । अहिले देशभर १४ हजार आठ सय ६८ जना सक्रिय संक्रमित छन् । उनीहरूमध्ये ६ हजार आठ सय १५ जना घरमा र आठ हजार ५३ जना संस्थागत आइसोलेसनमा छन् ।

त्यस्तै, काठमाडौं उपत्यकामा तीन सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा तीन सय, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जनामा संक्रमण देखिएको हो । 

ad
ad