१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
गत वैशाखमा साल्ट ट्रेडिङले आयात गरेको रासायनिक मल वीरगञ्जस्थित एकीकृत जाँचको गोदाममा । तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

समयमै मल नल्याउने दुई कम्पनीको जमानत जफत, कालोसूचीमा पनि राखिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १९:o९:oo

धान रोप्नेवेलामा युरिया मल ल्याउने सम्झौता गरेका दुई ठेकदार कम्पनी शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले धान गोड्ने बेलासम्म मल नल्याएपछि सम्झौता खारेज गरिएको छ । दुवै कम्पनीले समय थपका लागि निवेदन दिए पनि मलको हाहाकार बनाएर सरकारी निकायलाई नै अप्ठ्यारो स्थितिमा पुऱ्याएको निष्कर्षसहित कारबाहीस्वरूप सम्झौता खारेज गरी जमानत रकमसमेत जफत गरिएको हो ।

दुवै कम्पनीले २५–२५ हजार टन गरी कुल ५० हजार टन युरिया मल आपूर्तिको ठेक्का पाएका थिए । दुवैले उच्च राजनीतिक पहुँचको प्रयोग गरी ठेक्का हत्याएर मल ल्याउन नसकेका हुन् । दुवै कम्पनीले मल ल्याउने विषयमा आवश्यक प्रक्रियाबारे स्पष्ट जानकारी दिन नसकेकाले सम्झौता खारेज गरी जमानत जफत गरिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रप्रसाद भण्डारीले जानकारी दिए ।

कम्पनीका अनुसार कूल अनुमानित रकमको ५ प्रतिशत हुन आउने रकम जमानतबापत राख्नुपर्ने प्रावधान छ । जसकारण दुवै कम्पनीको गरी करिब साढे ९ करोड रुपैयाँ जमानत जफत गरिएको छ । समयमै मल नल्याई धान उत्पादनमा असहयोग गरेकाले उनीहरूलाई क्षतिपूर्तिसमेत भराउने निर्णय भएको छ । 

‘दुवै कम्पनीलाई कालोसूचीमा राख्न आवश्यक प्रक्रिया अगाडि बढाइनेसमेत जानकारी गराइन्छ,’ कृषि सामग्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मल आयातको स्वीकृति लिएका दुवै कम्पनी निर्माण क्षेत्रमा बदनाम कम्पनी हुन् । 

शैलुङ शारदाप्रसाद अधिकारी र होनिको हुमनाथ कोइरालाको हो । दुवै कम्पनीले २० भदौसम्म सबै मल ल्याउने सम्झौता गरे पनि एक बोरा पनि ल्याउन सकेनन् ।
 

ad
ad