निषेधाज्ञाबीच रातो मत्स्येन्द्रनाथको रथ तान्न पुगेका ललितपुरवासी र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरी र सर्वसाधारण दुवैतर्फ केही घाइते भएका छन् । झडपले बिहीबार दिनभर ललितपुरको पुल्चोक क्षेत्र तनावग्रस्त बनेको थियो । प्रहरीले प्रहार गरेको अश्रुग्यास र सर्वसाधारणले प्रहार गरेको इँटाढुंगाले पुल्चोक क्षेत्र युद्धमैदानजस्तो बनेको थियो ।