१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १६:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : संक्रमितकाे संख्या ४० हजार नाघ्यो, आज थप एक हजार ६९ जनामा संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:२३:oo

पछिल्लो २४ घन्टामा देशभर थप एक हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १२ हजार ८८ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजको थपसमेत हालसम्म संक्रमित हुनेको संख्या ४० हजार पाँच सय २९ पुगेको छ ।

विगत २४ घन्टामा सात सय ६८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार एक सय ७८ पुगेको छ ।

संक्रमित निको हुने दर ५५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सोमबार संक्रमणमुक्त हुने दर ५४ प्रतिशत थियो । 

हाल सक्रिय संक्रमितको संख्या १८ हजार एक सय १२ छ ।

त्यसमध्ये १० हजार आठ सय ३२ जना संस्थागत र सात हजार दुई सय ८० जना होम आइसोलेनमा बसेको गौतमले जानकारी दिए । 

संक्रमितमध्ये आइसियूमा एक सय २७ जना र भेन्टिलेटरमा १७ जनाकाे उपचार भइरहेकाे मन्त्रालयले जनाएकाे छ ।

पाँच सयभन्दा बढी संक्रमित भएको जिल्लाहरु 
काेराेना संक्रमण बढ्दै जाँदा पाँच सयभन्दा बढी संक्रमित भएकाे जिल्ला एक दर्जन पुगेकाे छ । 

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देहीमा सक्रिय संक्रमित पाँच सयभन्दा बढी छ । 

त्यसमध्ये चार जिल्लामा एक हजारभन्दा बढी सक्रिय संक्रमित छन् । 

शुन्य संक्रमित जिल्लाहरु 
त्यसैगरी सक्रिय संक्रमित नभएकाे जिल्ला पाँच वटा छन्र ।

सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमित शुन्य भएकाे गाैतमले बताए । 

ad
ad