१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १० बुधबार १३:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्रीको पक्षमा विवेकशील नेपाली दल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १० बुधबार १३:४९:००

विवेकशील नेपाली दलले राष्ट्रपति र प्रदेशका मुख्यमन्त्रीको चयन प्रत्यक्ष निर्वाचित प्रणालीबाट हुनुपर्ने एजेन्डाका साथ अघि बढ्ने जनाएको छ । 

दलको राजनीतिक एजेन्डामा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको वकालत गर्ने जनाइएको छ । त्यसैगरी दलले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले चुनेको मन्त्रिमण्डल बनाउनुपर्ने जनाएको छ । साथै प्रदेशहरूमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था हुनुपर्ने एजेन्डा अघि सारेको छ । 

त्यसैगरी विवेकशीलले उपराष्ट्रपतिलाई संघीय संसद्को राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी दिनुपर्ने एजेन्डा तय गरेको छ । 

विवेकशील नेपाली दलले हालको शासकीय प्रणालीलाई परिवर्तन गर्नुपर्ने एजेन्डालाई जोड दिएको अध्यक्ष मिलन पाण्डेले जनाएका छन् ।

साथै विवेकशीलले मताधिकार प्राप्त गर्ने अर्थात् १८ वर्ष पुगेका नागरिकले जुनसुकै पदको उम्मेदवार बन्न पाउने व्यवस्था गर्नुपर्ने माग गरेको छ । 

दलले गतिशील लोकतान्त्रिक बहुलवादलाई दलको दर्शन मान्ने जनाएको छ । त्यसैगरी सहभागितामूलक लोकतन्त्र, गतिशील मध्यमार्ग, दिगो आत्मनिर्भर अर्थतन्त्र र सामाजिक न्याय गरी चारखम्बे सिद्धान्तलाई आधार बनाएर अघि बढ्ने विवेकशीलले जनाएको छ ।