१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०७७ भदौ ८ सोमबार २०:२४:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सुदूरपश्चिममा एकैदिन थपिए एक सय १४ कोरोना संक्रमित 

Read Time : > 1 मिनेट
२०७७ भदौ ८ सोमबार २०:२४:००

सुदूरपश्चिम प्रदेशमा सोमबार एकैदिन एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीमा मात्रै सोमबार ७८ जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी घोडाघोडी नगरपालिकाका ३१, टीकापुर नगरपालिकाका २२ र धनगढी उपमहानगरपालिकाका १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले जानकारी दिए । यस्तै कञ्चनपुरमा ११, अछाममा १८, डोटीमा ६ र बैतडीमा एकजनामा संक्रमण देखिएको कार्कीले बताए । सबैभन्दा बढी कैलालीमा हालसम्म एक हजार पाँच सय ८४, डोटीमा आठ सय ५०, अछाममा आठ सय ३६, कञ्चनपुरमा ६ सय ४१, बाजुरामा चार सय ५२, बैतडीमा तीन सय ३१ जना संक्रमित फेला परेका छन् । यस्तै, डडेल्धुरामा तीन सय १२, बझाङमा दुई सय ८८ र दार्चुलामा ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल पाँच हजार तीन सय ३८ जना संक्रमितमध्ये हालसम्म चार हजार चार सयजना संक्रमणमुक्त भएको फोकल पर्सन कार्कीले बताए । सोमबार मात्र २१ जना संक्रमित कोरोना जितेर घर फर्केका छन् । प्रदेशभर नौजना संक्रमितको मृत्यु भएको छ भने ६३ जना संक्रमित विभिन्न अस्पतालमा भर्ना भएका छन् । बाँकी आइसोलेसन र होम क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा १३, महाकाली अस्पताल कञ्चनपुरमा २३, जिल्ला अस्पताल अछाममा १०, टीकापुर अस्पताल कैलालीमा ११, डोटी र डडेल्धुरा अस्पतालमा दुई–दुई तथा मालाखेती अस्पताल कैलालीमा एकजना संक्रमितको उपचार भइरहेको छ । शंकास्पद १४ जना बिरामी पनि प्रदेशका विभिन्न अस्पतालमा उपचाररत छन् । संक्रमण बढ्न थालेपछि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ ।