१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २० मंगलबार ०५:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

‘इनफ इज इनफ’ अभियन्ता  ईः अस्पतालमा, अनशन जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २० मंगलबार ०५:३१:००

कोभिड– १९ को सबल व्यवस्थापनसहित १४बुँदे माग राखेर १७ दिनदेखि आमरण अनशनरत ‘इनफ इज इनफ’ अभियानका अभियन्ता ईःको स्वास्थ्यमा समस्यामा देखिएपछि अस्पताल भर्ना गरिएको छ । वसन्तपुर दरबार स्क्वायरमा अनशनरत ईःलाई सोमबार बिहान ह्याम्स अस्पताल भर्ना गरिएको छ । यद्यपि, अस्पतालमा पनि उनले अनशन जारी राखेका छन् । 

अभियन्ता अग्रिमा केसीले मिर्गौलामा समस्या देखिएपछि ईःलाई अस्पताल भर्ना गरिएको बताइन् । रगतमा सुगरको मात्रा घट्ने क्रम जारी रहेपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

चिकित्सकहरूले १७ दिनदेखि खाना र पानीविना अनशन बसिरहेका ईःको मिर्गौला, ब्रेन र लिभरमा जतिवेला पनि समस्या आउन सक्ने भन्दै अस्पताल भर्ना हुन सुझाब दिएका थिए ।

ईःको उपचारका लागि अस्पताल पुगेकी अभियन्ता अग्रिमाले भनिन्, ‘डाक्टरहरूले ईःको नसाहरू सुक्न थालेको भनिरहेका छन् । उनलाई स्लाइन दिन पनि नसकिने अवस्था आउन थालेको छ ।’