१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
अमुल थापा काठमाडाैं
२०७७ श्रावण १६ शुक्रबार १०:४०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

उपत्यका छिर्ने नाकामा कडाइ [फोटोफिचर]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७७ श्रावण १६ शुक्रबार १०:४०:००

कोरोना संक्रमणको जोखिम बढेसँगै काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनमा कडाइ गरिएको छ । उपत्यका छिर्ने विभिन्न नाकामा प्रहरीले पास भएका सवारीसाधनलाई समेत  प्रवेशमा रोक लगाएको छ । यात्रु भने हिँडेर प्रवेश गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोरोना संक्रमण फैलिए–नफैलिएको जानकारी लिन सडकमै स्वाब संकलनकाे व्यवस्था गरेको छ । बिहान ७ बजे उपत्यकाकाे पूर्वीनाका साँगा पुगेका यात्रुहरूकाे ८ बजेसम्म स्वाब संकलन गरिएकाे थिएन ।

उपत्यकाका सबै नाका साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म बन्द हुनेछन् । गृह मन्त्रालयले अर्को आदेश जारी नभएसम्मका लागि अत्यावश्यक र ढुवानी सेवाका सवारीसाधन मात्र भित्रन पाउने जनाएको छ । 

प्रस्तुत छ, उपत्यका प्रवेश गर्ने पूर्वीनाका साँगा पुगेर नयाँ पत्रिकाका लागि अमुल थापाले संकलन गरेका केही दृश्य: