१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ असार १२ शुक्रबार १३:४२:००
Read Time : < 1 मिनेट
समाचार

एकल  पुरुषलाई पनि भत्ता दिन प्रदेश सांसदको माग 

Read Time : < 1 मिनेट
२०७७ असार १२ शुक्रबार १३:४२:००

प्रदेश १ सभाका सांसद प्रतापप्रकाश हाङगामले एकल पुरुषलाई पनि भत्ता दिन माग गरेका छन् ।  प्रदेश १ सभाको बजेट अधिवेशनको शुक्रबारको बैठकको शून्य समयमा  बोल्दै सांसद प्रतापप्रकाशले एकल महिलालाई जस्तै पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन माग गरेका हुन्  । 

नेपाली कांग्रेसको तर्फबाट हिमाली जिल्ला ताप्लेजुङबाट निर्वाचित  सांसद   हाङगामले समाजमा महिलाहरू जस्तै एकल पुरुषहरू पनि पीडित भएकाले उनीहरूलाई सामाजिक भत्ता दिनुपर्नेमा जोड दिए । 

सांसद हाङगामले सरकारले एकल महिलालाई भत्ता दिएको, तर एकल पुरुषलाई वञ्चित गराएर विभेद गरेको आरोप लगाए । उनले भने, ‘एकल पुरुषलाई पनि समाजले राँडो भनेर हेला गर्छ ,जबर्जस्ती बिहे गर्न बाध्य बनाउँछ, यसैले उनीहरूलाई पनि सामाजिक भत्ता आवश्यक पर्छ ।’