१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नवराज मैनाली काठमाडौं
२०७७ असार २ मंगलबार २०:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

साढे आठ लाख घुससहित डिल्लीबजार मालपोतका पाँच कर्मचारी पक्राउ 

Read Time : < 1 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ असार २ मंगलबार २०:२५:००

सरकारी कार्यालय खुलेको दोस्रो दिनमै डिल्लीबजार मालपोत कार्यालयमा ठूलो घुस लेनदेन भएको छ । साढे आठ लाख रुपैयाँ घुससहित पाँचजना कर्मचारी पक्राउ परेका छन् । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अधिकृत, तीन नासु र एक खरिदारलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

जग्गाको कित्ताकाटका लागि उनीहरूले सो रकम लिएको आयोगले जनाएको छ ।